विश्वकप २०२२

कतार विश्वकप २०२२ : सेनेगलको पोस्टमा नेदरल्यान्ड्सको दुई गोल

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- कोडी गाक्पो र डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा विजयी सुरुवात गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच फुटबलर घोषित गाक्पोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांन्किङ डी योङको पासमा गोल गरेका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा वैकल्पिक खेलाडी क्लासेनले दोस्रो गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएको प्रहार सेनेगलका गोलरक्षक इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा क्लासेनले गोल गरेका थिए । 

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २–० को जित हासिल गरेको थियो ।

समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् ।

मेमफिस गुमाएको नेदरल्यान्ड्स र माने गुमाएको सेनेगलबीच भिडन्त

इकागज | मंसिर ५, २०७९

काठमाडौँ- कतारमा आइतबारबाट सुरु भएको फिफा विश्वकप फुटबल अन्तर्गत आज राति सेनेगल र नेदरल्यान्ड्सबीच खेल ...

'विजय भनेको दिमागको अवस्था हो': रोनाल्डो र मेस्सी संयुक्त प्रवर्द्धनका लागि भए एकजुट

इकागज | मंसिर ४, २०७९

काठमाडौँ- कतारमा फिफा विश्वकप फुटबल सुरु हुनै लाग्दा फेसन ब्रान्ड लुइस भुटोनले क्रिस्टियानो रोनाल्डो र ल...