नेपालमा सुर्ती, गुट्खालगायत कच्चा पदार्थको निर्यात विवरण माग गर्ने समितिको निर्णय

इकागज | साउन ३, २०८१

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुट्खा र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको समिति बैठकले नेपालमा आयात हुने सुर्ती गुट्खालगायत कच्चा पदार्थको यकिन विवरण समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले चुरोटमा प्रयोग हुने विभिन्न फ्लेबर, क्याप्सुल जस्ता नशालु पदार्थका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले त्यस्ता पदार्थको आयातका साथै उत्पादन र प्रयोगमा समेत रोक लगाउन मन्त्रालयलाई निर्देशन दिएको छ भने सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय गरेको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ सरकार गठन भएसंगै मन्त्रालयले गरेका कामहरूको विवरण समय–समयमा सार्वजनिक गरिने बताए ।

मन्त्रालयभित्र समस्यामा रहेका विषयलाई निर्मम ढंगले छलफल गरेर निष्कर्षमा पुर्‍याउने उनले प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले उद्योगीहरूको समस्या समाधान गर्न हड्तालमुक्त, लोडसेडिङमुक्त बनाउने नीतिका साथ अघि बढ्ने जिकिर गरे ।

बैठकमा चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन र स्पञ्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेस गरिएको थियो । 

उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

इकागज | असार २४, २०८१

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वर...

ठमेलभित्र सञ्‍चालित व्यवसायमा लगाइएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग

इकागज | जेठ १४, २०८१

काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज ...

योयो प्लाइउड कारखानाका मजदुर भन्छन्: हामीलाई प्रहरी देखाएर ट्रेड युनियनको डर देखाइयो

इकागज | जेठ ९, २०८१

काठमाडौँ- बाँकेको ‘योयो प्लाइउड’ उद्योगमा जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोज्दा मजदुर ...

उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर : फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ

इकागज | जेठ ६, २०८१

काठमाडौँ- फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्य...