आगामी असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

इकागज | जेठ २५, २०८०

काठमाडौँ- सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ ।

कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । आर्थिक, सामाजिक, सांस्कृति र धार्मिकलगायतको महत्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभइ औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ ।

धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न  यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुनेछ । नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

कृषक र अन्य पक्षलाई यस्ता विषयमा सेचत र जागरुक तुल्याइ धान उत्पादन एवं उत्पादकत्व बढाउन यस वर्षको नाराले सन्देश दिएको छ ।

कृषि मन्त्रालयले भन्यो : पोखरा, लहान र नेपालगञ्‍जमा राख्न पाँच वर्ष अगाडि भारतसँग राँगो मागिएकाे थियाे

इकागज | जेठ २१, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को केही दिनअघि भारत भ्रमण भयो । जेठ १७ देखि २० ग...

पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छ : मन्त्री भुसाल

इकागज | जेठ १४, २०८०

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई...