अपराध

चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

इकागज | जेठ २५, २०८०

कञ्चनपुर - कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी  गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिबार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिबार आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

इकागज | जेठ २५, २०८०

काठमाडौँ - केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले वि...

आफ्नै दुधेछोराको हत्या गरी बाराबाट फरार भएका अन्सारी काठमाडौँमा समातिए

इकागज | जेठ २४, २०८०

काठमाडौँ - आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा...