कोशी नामकरणको विरोधमा वडा कार्यालय र प्रहरी भ्यान तोडफोड

इकागज | चैत १७, २०७९

विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयमा तालाबन्दी गर्न गएका जातीय पहिचान पक्षधर प्रदर्शनकारीहरूले प्रहरीको गाडी तोडफोड गरेका छन् ।

उनीहरूले ढुंगामुढा गर्दा वडा कार्यालयका झ्यालका प्राय:सबै सिसा फुटेका छन् । वडा कार्यालयको फर्निचर र अन्य कागजात लगायतका उपकरणहरूमा पनि क्षति पुगेको जनाइएको छ ।

शुक्रबार पहिचान पक्षधरहरूले वडा कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले ताला फुटाएपछि झडपको अवस्था बनेको थियो । उग्र बनेका प्रदर्शनकारीहरूले त्यसपछि वडा कार्यालयमा ढुंगामुढा गर्नुका साथै तरहरा प्रहरी चौकीको ना १ झ ६२० नम्बरको भ्याान समेत तोडफोड गरेका हुन् ।

वडा कार्यालय भवनका सिसाहरू फुटेका छन् भने डिजिटल बोर्ड पनि क्षतिग्रस्त भएको वडा कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिसम्बद्ध घटकहरू सम्बद्ध व्यक्तिहरूले कोशी नाम खारेजको माग गर्दै वडा कार्यालयहरूमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम चर्काइरहेका छन् ।

आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी धरानका पदम लिम्बूको मृत्यु भइसकेको छ ।

लिम्बूको मृत्युको विरोधमा उत्रिएका आन्दोलनकारीहरूले भने विरोधका कार्यक्रमलाई उग्र बनाउँदै लगेका छन् । चैत १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएका लिम्बूको शव अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन ।

सरकारले एडिबीबाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दिएको छ : मेयर हर्क साम्पाङ

इकागज | चैत १६, २०७९

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एशियाली बैंकसँग एक प्रतिशतम...

पदम लिम्बुको शवको भएन पोष्टमार्टम, छानबिन समितिलाई प्रतिवेदन बनाउन कठिन

बाबुराम भण्डारी | चैत १५, २०७९

विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चसम्बद्ध युवा फोर्सका उप–कमाण्डर पदम लिम्बु (लाजेहाङ) क...

प्रहरीद्वारा ४४ राउण्ड अश्रु ग्यास र २९ राउण्ड हवाई फायर, १८ प्रहरी र १३ प्रदर्शनकारी घाइते

बाबुराम भण्डारी | चैत १४, २०७९

विराटनगर- कोशी प्रदेश खारेजको माग गर्दै मंगलबार विराटनगरमा भएको प्रदर्शनपछिको झडपमा प्रहरीले ४४ राउण्ड ...

कोशी प्रदेश नाम खारेजी मागको प्रदर्शनमा दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

बाबुराम भण्डारी | चैत १४, २०७९

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहास...

प्रदेश नामाकरणको विषयमा भएको प्रदर्शनमा मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन

इकागज | चैत ११, २०७९

काठमाडौँ - कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको विराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको ...

एमाले नेतृत्वको सरकार फेरिनुपर्ने विषयमा कडा नबन्ने माओवादीकाे रणनीति

बाबुराम भण्डारी | चैत १०, २०७९

विराटनगर- कोशी प्रदेशका नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वको वर्तमा...

कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन : प्रहरीको लाठी प्रहारबाट घाइते लिम्बूको मृत्यु

इकागज | चैत १०, २०७९

विराटनगर- प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएक...