प्रमुख समाचार

दक्षिण कोरियाका खेलाडीलाई उतर काेरियाको भनेपछि...

इकागज | साउन १२, २०८१

सियोल - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ। 

फ्रान्सको राजधानीमा आयोजित ओलम्पिकको उद्घाटनमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाको आधिकारिक नामले परिचय गराइएको थियो । 

“उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली टोलीको परिचय गराउँदा भएको गल्तीका लागि हामी माफी माग्छौँ“, आइओसीले बताएको छ ।

आइओसीको यस त्रुटिले दक्षिण कोरियामा अप्रसन्न प्रतिक्रियाहरू निम्त्याएको छ । 

“ सन् २०२४  पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाली टोलीको रूपमा प्रस्तुत गरिएकोमा खेद व्यक्त गर्दछौँ“,  दक्षिण कोरियाको खेलकुद मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । 

देशको उप–खेलकुद मन्त्री जाङ मि–रानले यस विषयमा छलफल गर्न आईओसी प्रमुख थोमस बाखसँग छलफल गर्ने बताएका छन् । 

दक्षिण कोरियाको राष्ट्रिय ओलम्पिक कमिटीले पनि पेरिस ओलम्पिक आयोजक समिति र आईओसीसँग भेट गरेर यस्तो गल्तीको पुनरावृत्ति रोक्न अनुरोध गर्ने र आफ्नो प्रतिनिधिमण्डलका प्रमुखको नाममा आधिकारिक विरोध पत्र पठाउने योजना बनाएको  सियोलको खेल मन्त्रालयले जनाएको छ । रासस

झापामा महसुल नतिर्ने ११७० ग्राहकको बिजुली काटियो, पालिकाले पनि तिरेनन् सडक बत्तीको महसुल

इकागज | साउन १२, २०८१

झापा- नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजा...

तरकारी खेतीबाट नाम र दाम दुवै कमाएपछि विदेश जाने सपना नदेखेका खत्री

इकागज | साउन १२, २०८१

गलकोट (बागलुङ)- कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यत...

सुजाता भन्छिन्- बीपीको सिद्धान्त अलिअलि शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं

इकागज | साउन १२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकत...

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‌मा भाग माग्नु लाजमर्दो : कोइराला

इकागज | साउन १२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रपतिले कोटा माग्नु लाजमर्दो भएको बताएकी छिन् । ...