नेशनल लाइफको लाभांश घोषणा

इकागज | माघ १३, २०७८

काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनश सेयर र बोनशबापत सेयरमा लाग्ने कर प्रयोजन सहित एक प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश सेयर ६४ करोड ४२ लाख रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्ने छ । साधारणसभाले उक्त लाभांश पारित गरेपछि बल्ल सेयरधनीहरुले पाउने छन् ।

कोरोना बीमामा नियामक र बीमा कम्पनी मिलेमतो, अर्थ मन्त्रालय रमिते

कमल धिताल | पुस २८, २०७८

काठमाडौँ - कोभिड-१९ सुरु हुने ताका नेपालमा कोरोना बीमाका लागि सरकारको पहल र बीमा कम्पनीको सहमतिमा को…

कोरोना बीमा भुक्तानीमा आनाकानी, अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

इकागज | असोज १३, २०७८

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ बीमादाबी भुक्तानी सम्बन्धमा अध्ययन गरी प्रक्रिया अघि बढाउन बीम…

जीवन बीमा कम्पनीले भदौमा मात्रै संकलन गरे साँढे ११ अर्ब, सबैभन्दा धेरै संकलन नेपाल लाईफले गर्‍यो

इकागज | असोज ११, २०७८

 काठमाडौँ -  जीवन बीमा कम्पनीले मात्रै भदौं महिनामा ११ अर्ब ५४ करोड रुपैंया बराबरको &nb…