समाज

१० लाखमा बन्यो वन्यजन्तुका लागि पोखरी

इकागज | भदौ २५, २०८१
दमौली (तनहुँ) - डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस भनेर वनजङ्गलमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो । आर्थिक वर्ष २०८०/ ८१ मा रु दश लाखको लागतमा दश ठाउँमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । मानव वन्यजन्तु व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको पण्ड...