फिचर

साडोक जोन : 'चोर'देखि विश्वकप फुटबलसम्म

इकागज | असोज ९, २०७९

साडोक जोन तान्जानियाको सडक तथा गल्लीमा फुटबल खेल्दै तथा चोरी गर्ने समूहमा हुर्किए । जोनका अनुसार उनका पिता निकै धनी थिए तर उनले परिवारलाई छाडेपछि जोनको जीवन नै परिवर्तन भयो । 

सन् २०१० मा भएको स्ट्रिट चाइल्ड युनाइटेड वल्डकपमा तान्जानियालाई प्रतिनिधित्व गरेका जोनले फुटबलले आफ्नो जीवनमा परिवर्तन ल्याएको बताए ।

जोनका पिता सेनाको फुटबल टिमका गोलरक्षक थिए भने उनका दाजुभाइ पनि फुटबल खेल्ने गरेका कारण उनलाई पनि फुटबलले नै आकर्षित गर्‍यो ।

खासमा जोनका पिताले परिवारलाई छाडेपछि उनकी आमाले उनलाई एक्लै हुर्काएकी थिइन् । जब उनका पिताले उनीहरूलाई छाडे, परिवारको अवस्था दयनीय बन्यो । आमाले जोनलाई हुर्काउन हरेक प्रयास गर्दा पनि अधिकांश समय उनी बिरामी परिरहन्थिन् । जसका कारण जोनलाई खाना जोहो गर्न बाहिर निस्कनु पर्थ्यो । 

परिवारमा ६ जना छोराहरू हुँदा उनी पाँचौं नम्बरका थिए । उनीहरूको अवस्था यतिसम्म दयनीय थियो कि बाच्नकै लागि पनि उनीहरूलाई चोरी गर्नुपर्थ्यो । तर उनका लागि आफू बसोबास गरिरहेको गल्ली तथा सडकमा फुटबल खेल्नु रमाइलो भए पनि सडकमा जीवन बिताउनु भनेको जेलमै बसेझैँ हो । 

‘बाच्नका लागि खानाको व्यवस्था, आवास तथा अन्य सबै प्रबन्ध आफैले गर्नुपर्ने हुन्छ । आफू नजिकका व्यक्तिलाई पनि विश्वास गर्न सकिन्न, जो कोही पनि सत्रु तथा मित्र हुन सक्छन् । र सडकको जीवन भनेको यस्तै हो,’ जोन बताउँछन् ।

जोनका अनुसार उनी बच्चा तथा सानो भए पनि चलाख भएका कारण आफू भन्दा ठूला केटाहरूले उनलाई मन पराउँथे र उनीहरूले धेरै समय जोनसँग बिताउने गर्थे । उनीहरूले जोनलाई आफ्नो समूहको सदस्य बनाएर घरमा चोरी गर्न झ्यालबाट छिर्न लगाउथे । 

जोनले सन् २०१० को स्ट्रिट चाइल्ड युनाइटेड वल्डकपमा टिम तान्जानियालाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे । फुटबलले उनलाई जीवन सड्क भन्दा निकै फरक रहेको अनुभूति गरायो । उक्त कुरा भन्न जोनलाई कुनै लाज भने लाग्दैन । 

जोनका अनुसार सडक बालबालिका हुनुनै जीवनको अन्य होइन, जीवनलाई गम्भीर रुपमा लिइयो भने बाहिर निस्केर जेसुकै प्राप्त गर्न सकिन्छ । जोनका लागि फुटबलले त्यो बाटो देखायो । 

विश्वकप अघि उनलाई तान्जानियाबाहेक अन्य देशमा पनि सडक बालबालिका छन भने समेत थाहा थिएन । तर उनले धनीभन्दा धनी देशका सडक बालबालिकालाई देखे जुन उनका लागि एकखालको ज्ञान थियो । 

जब उनी तान्जानिया फर्किए, उनको जीवन परिवर्तन हुन सुरु भयो । उनलाई कसैले पनि सडक बालबालिका भनेनन् बरु उनी एक उदाहरण बनिसकेका थिए । अन्य बालबालिकाका बुवाआमाले जोनलाई उनीहरूसँग आफ्नो अनुभव बाड्न आग्रह गर्थे । 

फुटबलको प्रशिक्षणले उनको मानसिक अवस्थामा सुधार गर्‍यो किनभने उनले अन्य बालबालिकाहरूको पनि अनुभव सुन्न पाउँथे । 

जब उनी बच्च थिए उनको सपना भनेको उच्च स्तरमा फुटबल खेल्ने तथा सफल हुनु थियो तर उनलाई परिवारको हेरचाहका लागि पैसा कमाउनु पर्ने बाध्यता थियो ।

जोन भन्छन्, परिवारलाई आर्थिक हिसाबले सहयोग गर्न नसक्नेलाई समय खेर फालिरहेको मानिसका रूपमा हेर्ने गरिन्छ । 

जब उनी ठूलो भए, उनलाई व्यापारी तथा अभिनेता बन्ने रहर जाग्यो र उनी त्यसमै अहिले समर्पित छन् । उनी पहिले बसिरहेको स्थान भन्दा ३० मिनेटको दूरीमा बस्न र एउटा कपडा पसलको मालिक छन् ।

उनी एक फुटबल एकेडेमीलाई सञ्चालन गरिरहेका छन् । उनका पिताको सन् २००५ तथा उनकी आमाको गत वर्ष निधन भयो ।

उनलाई लाग्छ मानसिक रूपमा उनी अझै पनि माथि उठिसकेका छैनन् । उनलाई आफ्नो पिताले दिएको दु:खलाई बिर्सन र माफी दिन नै १२ वर्ष लाग्यो । 

(अलजजिराका लागि फारास घानीले तयार पारेको सामग्रीलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)
 

के प्रशिक्षक प्रभाकरले क्रिकेट भित्रको गुटबन्दी अन्त्य गर्लान् ?

सञ्जीव शाह | साउन २९, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय पुरुष क्र...

दुई वर्षअघि ट्रायथलनमा हाफ बनेका आलोक नेपालकै पहिलो 'फुल आइरन म्यान'

अतिन आचार्य | असार १३, २०७९

काठमाडौँ- नेपालका आलोक खत्री जर्मनको फ्रयांकफर्टमा भएको ट्रायथलनमा सहभागी भइ 'फुल आइरन म्यान&#...

ज्ञानेन्द्र मल्लः जसको कप्तानी खोसियो, टिमबाट नामोनिसान मेटाइँदै छ

सञ्जीव शाह | असार १२, २०७९

काठमाडौँ – क्रिकेटर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान गरेपनि नेपालले युनाइटेड अरब इमिरेट्...

यौन दुर्व्यवहार भोगेका प्याट्रिस इभ्राः जो अरुलाई यसबाट बचाउने अभियानमा छन्

इकागज | असार ११, २०७९

काठमाडौँ –  म्यानचेस्टर युनाइटेड र फ्रान्सेली फुटबल पूर्वस्टार प्याट्रिस इभ्राले बालबालिकाविरुद्...