कोभिड-१९

निरन्तर उकालो लाग्दै कोभिड-१९

एकै दिन थपिए १४२ संक्रमित

इकागज | चैत १७, २०७९

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ७९ जनाको परीक्षण गर्दा १४२ जनामा कोभिड संक्रमण देखिएको छ ।​

आरटी पीसीआरबाट ४४ र एन्टीजेन्टबाट ९८ जनामा संक्रमण देखिएको हो । देशभरका विभिन्न स्थानबाट ४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमित १ सय ६३ जना रहेको मन्त्रालयले प्रस्ट पारेको छ । हालसम्म ११ लाख ५३ हजार ७६७ जनामा संक्रमण देखिएको छ । ९ लाख ८९ हजार १८६ जना संक्रमणमुक्त भएका छन् ।

कोभिड संक्रमणका कारण देशभरबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज मात्र देशभर ४३ हजार ७२५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । बुधबार ३४ जनामा र बिहीबार ४२ जनामा कोभिड संक्रमण देखिएको थियो ।

 

कोभिड सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

इकागज | चैत १४, २०७९

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह ग...

भारतबाट फर्किनेहरूमा देखिन थाल्याे कोभिड, सीमा क्षेत्रमा जोखिम बढ्यो

इकागज | चैत १३, २०७९

बैतडी- भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोभिड-१९ सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरूमा पर...