भाउन्ने भेट्रान फाइनल खेल आज, पथरी र भाउन्ने भिड्दै

काठमाडौँ- पथरी भेट्रान र भाउन्‍ने भेट्रानबीच फाइनल खेल आज हुने भएको छ । मोरङ्को बेलबारी १० भाउन्‍ने खेलकुद मैदानमा सोमबार ३ बजे फाइनल खेल हुने भएको हो ।
फाइनलमा विजयीले प्रथम पुरस्कार ४० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएका छन् । खेलमा ३० वर्ष उमेर समूहमाथिका खेलाडीहरूको सहभागी रहेको थियो ।
सेमिफाइनलमा इटहरी भेट्रानलाई ८ गोलले पराजित गर्दै भाउन्‍ने भेट्रान फाइनलमा प्रवेश गर्न सफल भएको थियो । त्यस्तै पथरी भेट्रान जदाहा भेट्रानलाई पराजित गरेर फाइनलमा पुगेको हो ।
मिड भेट्रान भाउन्‍नेले गत ८ गतेबाट खेलको आयोजना गरेको थियो । आइतबार एक दिन स्थगन गरेर आज फाइनल खेल हुने भएको संयोजक जोनी मुखियाले जानकारी दिए ।