कर्पोरेट

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा चार महिना बोनस

इकागज | माघ १४, २०७८

काठमाडौँ - इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई चार महिना इन्टरनेट तथा टिभी निशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन्  ।

क्लासिक टेकले १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी बिभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये १५० एमबीपीएसको इन्टरनेट प्रति महिना ११ सय ९९ रुपैयाँमा चलाउन सकिने छ ।

ग्राहकलाई प्रोत्साहन गर्न उद्देश्यका साथ कम्पनीले यो सुविधा ल्याएको हो । कम्पनीले नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्याण्डविथ इन्टरनेट र फाइभजी गिगाहर्ज राउटर सहित आईपीटीभी समेत उपलब्ध गराउँदै आएको छ ।  क्लास्सिक टेकको मुख्य उद्धेस्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको कम्पनीले जनाएको छ ।
 

नबिल बैंक, सीएनआई-वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच सहकार्य

इकागज | माघ ९, २०७८

काठमाडौँ - महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उदेश्यले नबिल…