क्रिकेट

क्रिकेट संघमा यस्तो बन्यो चतुरबहादुर चन्द्र नेतृत्वमा नयाँ कार्यसमिति

इकागज | असोज ६, २०८०

काठमाडौँ- चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । 

क्यानको अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् । चन्दलाई लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरे पनि अन्तिम समयमा उनी आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

क्यानको अध्यक्षमा चन्द दोस्रो पटक निर्वाचित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध चयन भए । यसैगरी, लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमार्फत क्यानको केन्द्रीय सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रशान्त मल्लले ३७ मत ल्याए ।

खुल्ला सदस्यतर्फ धीरेन्द्र सावदले ५९, वीरेन्द्र चन्दले ३४, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१ मत ल्याएर र गोला प्रथाका माध्यमबाट करन महत्रा क्षेत्री विजयी भए ।

प्रादेशिक सदस्यतर्फ कोशी प्रदेशमा अर्जुन पौडेलले ४७, मधेश प्रदेशमा गोलप्रथाबाट माधव कर्माचार्य, बागमती प्रदेशमा दिवाकर घलेले ४६, गण्डकी प्रदेश सुदीप शर्माले ५२, सुदूरपश्चिम प्रदेशमा विक्रम विष्टले ४९ मत ल्याएर विजयी भए ।

क्यानका अनुसार निर्वाचनमा कुल ८५ मत खसेको थियो । निर्वाचन भएको ११ पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए ।

घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्रथमिकता : पारस खड्का

इकागज | असोज ६, २०८०

काठमाडौँ- नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिष्पर्धी प्रशान्त विक्रम मल्लल...

अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछ : अध्यक्ष चन्द

इकागज | असोज ६, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएक...

क्रिकेटको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेर भारतले रच्यो इतिहास

इकागज | असोज ६, २०८०

काठमाडौँ- भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेको छ । भारत आईसीसीको एकदिवस...

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र विनयराजबीच प्रतिस्पर्धा

इकागज | असोज ६, २०८०

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । क्यानको भावी अध्यक्षम...