स्वास्थ्य

काठमाडौँमा हैजाको प्रभाव

हैजा देखिएपछि तातियो केयुकेएल, प्रभावित क्षेत्रको पानी परीक्षण सुरू

अतिन आचार्य | असार १२, २०७९
काठमाडौँ- दिन प्रतिदिन काठमाडौँमा हैजाका जीवाणु भेटिन थालेका छन् । जीवाणु फैलिएपछि रोकथामका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चासो देखाएको छ ।  उपत्यका खानेपानी लिमिटेडले प्रभावित क्षेत्रमा 'हाइपर क्लोराइड' वितरण गर्ने भएको छ । प्रभावित क्षेत्रमा उपत्यका खानेपानी लिमिटेडले उपभोक्ता तथा अन्य ग्राहकलाई क्लोराइड वितरण गर्न लागेको हो । केही दिन यतादेखि काठमाडौँको बाक्ला ब...