सप्ताहन्त

ए मान्छे

शुरज थपलिया | मंसिर २०, २०८०

आफ्नो स्वाभिमानका लागि
अभिमानी बन्नेहरू
आफ्नो अधिकारका लागि
कर्तव्य बिर्सनेहरू
सबैको अधिकार समान हुन्छ

तिमीले आफ्नो अधिकारको 
कुरा गर्दैगर्दा
अरू कोहीको अधिकार कुल्चँदा
कता गयो तिम्रो 
समानता र समावेशीका कुरा
कता गए
तिम्रा छुवाछुत र विभेदका कुरा

तिमी बाँच्नलाई 
अर्को कोहीको 
घाँटी अठ्याउन सिक्यौ
अरू कोहीको छातिमा छुरा धस्न सिक्यौ 
आत्मसम्मानमा ठेस पुर्‍यायौँ
तर, सँगै हिडेकालाई 
सँगसँगै एउटै तालमा हिँडाउन
कहिल्यै सिकेनौ
पढायौँ ऐन कानुनका कुरा
तर आफै कुल्चियौँ संविधानका धारा
ए मान्छे 
तिमी मान्छे कहिले हुन्छौँ 

श्वास मात्रै त हर सजिवमा छ 
तिम्रो संवेदनशीलता
यति निर्मम कसरी भयो ?
आफ्नो अधिकार 
खोज्दै गर्दा
अरूको अधिकार कसरी खोस्न सक्छौ ?

सक्छौ आफू सँगै अरूको 
सम्मान गर 
सक्दैनौं आफूलाई मन नपर्ने 
अपमान अरुलाई नगर 
ए मान्छे तिमी 
यति निर्दयी र क्रुर 
कसरी हुन सक्छौँ ?
ए मान्छे 
तिमी कहिले मान्छे बन्छौँ ?

दक्षिण कोरियाबाट नेपालको सम्झना : फेरियो कि मेरो गाउँ अझै उस्तै होला ?

माधव न्यौपाने | जेठ १, २०८०

परदेशको जीवन विचित्रको हुन्छ । अर्लामको आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊ...

बार्डो (कथा)

ऋतेश | फागुन १३, २०७९

आवाजको न रूप छ, न त स्वरूप । आवाज कुन दिशाबाट आइरहेको छ, मलाई थाहा छैन । सायद यो आवाज म जस्तै अथवा ...