सूचना-प्रवधि

लिन्डाले सम्हालिन् ट्‌वीटरको सिईओको जिम्मेवारी

इकागज | जेठ २४, २०८०

काठमाडौँ- लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्‌वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् ।

लिन्डा आफैले ट्‌वीट गर्दै यसको जानकारी दिएकी हुन् । 'यो भयो- पहिलो दिन ! सम्पर्कमा रहनुहोस् ।'

ट्‌वीटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए । 

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, ‘उनी ट्‌वीटर २.० सिर्जना गर्न तथा मस्क र लाखौं प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन् ।’

लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छिन् । उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ ।

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

इकागज | जेठ २०, २०८०

भारत- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारती...

बागलुङको दुर्गम गाउँ निसीखोलाका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा

इकागज | बैशाख २६, २०८०

ढोरपाटन-बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग ज...

पूजा शर्मालाई विस्थापित गर्दै मिस नेपाल अस्मि श्रेष्ठ बनिन् राइटपाथको ब्राण्ड एम्बेस्डर

इकागज | चैत २६, २०७९

काठमाडौँ- मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।...