डिफेन्स

'तराई मधेश द्रुत मार्गको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत'

इकागज | भदौ २४, २०८०

काठमाडौँ - नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुत मार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको छ । 

सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म  द्रुत मार्गको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो । त्यस्तै आयोजनाको समष्टिगत बितीय प्रगति मोविलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । 

आयोजना अन्तर्गत तीन वटा सुरुङहरुको जम्मा लम्वाई ६ दशमलव ४१५ मिलोमिटर मध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ । त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरि सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने गरि तयारी अवस्थामा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए । 

त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ । 

स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुस्– प्रधानसेनापति शर्मा

इकागज | भदौ २४, २०८०

काठमाडौँ -  प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण ...

पृतनापति समन्वयात्मक बैठक : उपप्रधानमन्त्री खड्काको सम्बोधन

इकागज | भदौ २१, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषय...

नेपाली सेनाको सङ्ख्या नेपाल सरकारले निर्धारण गर्ने हो : प्रधानसेनापति शर्मा

इकागज | चैत ९, २०७९

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धा...

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा

इकागज | फागुन २९, २०७९

काठमाडौँ - रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले ...