डिफेन्स

नेपाली सेनाले गर्‍यो डोटीको दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

इकागज | पुस २७, २०७९

डोटी - नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । 

विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । 'जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भनेर हेलीप्याड निर्माण गरिएको हो', उनले भने ।  

गाउँपालिकाको समन्वयमा सेनाले रु पाँच लाखको लगानीमा हेलीप्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, 'प्राकृतिक विपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेलीप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।'

जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन् । 
रासस

राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा

इकागज | पुस २७, २०७९

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पुर्&...

नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ– प्रधानसेनापति शर्मा

इकागज | मंसिर २८, २०७९

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता ...

पाँच दिने भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

इकागज | भदौ २३, २०७९

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पा...

भारतीय सेनाध्यक्ष पाण्डे आज प्रधानमन्त्रीसँग भेट्दै, त्यसअघि माउन्टेन फ्लाइट गर्ने

इकागज | भदौ २१, २०७९

काठमाडौं - भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट ग...