पूर्वाधार

घोराही-रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो

इकागज | साउन ११, २०८१

तुलसीपुर (दाङ)- जिल्लाको मुख्य बजार घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही-रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन । 

करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही-तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।  

सडक कालोपत्र गर्न पटकपटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर-४ का दोलकबहादुर खत्रीले बताए । 'सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो । यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ,' उनले भने, 'सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो ।' 

'सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनःनयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ,' तुलसीपुर-४ का वडाध्यक्ष तुलसी थापाले भने । करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उनले बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।

सडक निर्माणका लागि आफूले पटकपटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताए । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्रयाक खोल्ने काम पूरा भए पनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

घोराही-रक्षाचौर खण्डको कौवाखोली-कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छ भने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् । रासस

नारायणगढ-बुटवल सडक विस्तारका काम सुस्त: ६ वर्षमा ५३ प्रतिशत प्रगति

इकागज | साउन ७, २०८१

काठमाडौँ - नारायणगढ-बुटवल सडकको विस्तारको काम शुरु भएको ६ वर्ष बितिसक्दा पनि ५३ प्रतिशत मात्र प्रगति भए...

ग्वार्को फ्लाइ ओभर निर्माण मौसमका कारण प्रभावित, कात्तिकमा मात्रै गाडी गुड्ने

इकागज | साउन ३, २०८१

काठमाडौँ - ललितपुरको ग्वार्को चोकमा रहेको फ्लाइ ओभर निर्माण कात्तिकमा मात्रै पुरा हुने भएको छ । वर्...

ठेकेदारले अस्पताल भवन निर्माणको काम सम्पन्‍न नगर्दा बिरामीलाई सास्ती

इकागज | साउन ३, २०८१

मनाङ- स्थानीयलाई सहज रूपमा स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने उद्देश्यले निर्माण भइरहेको अस्पताल भवन पूरा...

पोखरासँग घान्द्रुक र सिक्लेसको यातायात सम्पर्क विच्छेद

इकागज | साउन १, २०८१

कास्की- यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भए...

धुलिखेल-खावा सडक : दुई दिनमा हेभी सवारी साधन गुडाउन पाउने गरी बाटो खुला हुँदै

इकागज | असार ३१, २०८१

काठमाडौँ- अरनिको राजमार्गमा (धुलिखेल जिरो किलो-खावा सडक खण्ड) निरन्तर वर्षाका कारण सडकमार्ग अवरुद्...

काठमाडौँका सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती, वडा भन्छ: छिट्टै बनाउँछौँ

इकागज | असार ३०, २०८१

काठमाडौँ– काठमाडौँमै समयमै सडक मर्मत नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।  काठमाडौँ ...