जात्रा-पर्व

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

इकागज | चैत १५, २०७९

काठमाडौँ - सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । बुधबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ । 

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । 

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै, यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इकागज | चैत १५, २०७९

काठमाडौं - आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक ...

चैती छठ मनाइँदै

इकागज | चैत १३, २०७९

ललितपुर गोदावरी - चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठ पर्व सूर्यको आराधना गरी ...

पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्रा (फाेटाेफिचर)

काठमाडाैं । काठमाडौको असनमा ​पाहाँचर्‍हे जात्रा अर्थात खट जुधाउने जात्रा भएकाे...

पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

इकागज | चैत ७, २०७९

काठमाडौँ - मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरीको जात्रा समापन भई वत्सलेश्वर...

पशुपति क्षेत्रमा भोलिदेखि वत्सलेश्वरी/बज्रेश्वरी जात्रा सुरु हुने

इकागज | फागुन २९, २०७९

काठमाडौँ - पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि वत्सलेश्वरी÷बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु ह...