फिचर

फुटबलको 'म्यानेजर' र 'कोच' मा के फरक छ ?

सञ्जीव शाह | माघ ५, २०८०

काठमाडौँ- फुटबलमा 'म्यानेजर' अर्थात प्रबन्धक तथा 'हेड कोच' अर्थात मुख्य प्रशिक्षक फरक जिम्मेवारी भएका अति आवश्यक व्यक्ति हुन् ।

केही क्लबले कोच नियुक्त गर्छन् जसले खेलको 'टेक्निकल' अर्थात प्राविधिक र 'ट्याक्टिकल' अर्थात रणनीतिक भागमा बढी ध्यान केन्द्रित गर्छन् र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने भन्ने सुनिश्चित गर्छन् ।

अर्कोतर्फ अरूले म्यानेजर नियुक्त गर्छन् जसको मुख्य काम भनेको क्लब अथवा राष्ट्रिय टिम सञ्चालन गर्ने हुन्छ ।

तर, प्रत्येक टिमले भने पद र भूमिका बीचको भिन्नता नेतृत्वले आफ्नो जिम्मेवारी र ध्यान कसरी दिन्छन् भन्ने कुरालाई आफ्नै तरिकाले व्याख्या गरेका हुन्छन् ।

खासमा टिमको कार्य विवरणमा निर्भर भएर म्यानेजरले कोचको केही कामको जिम्मेवारी लिन सक्छन् भने कोचले पनि म्यानेजरको केही कामको जिम्मेवारी लिन सक्छन् ।

यूइएफएका लागि फुटबल कोच पेड्रो मेन्डोन्काका अनुसार यी दुई पदबीच कैँयौँ भिन्नता पाउन सकिन्छ ।

पेड्रोका अनुसार हेड कोचको मुख्य ध्यान सधैं टोलीमा हुने तथा खेलका क्रममा खेलको रणनीतिक र प्राविधिक पक्षहरू विकास गर्ने हुन्छ । कोचले विपक्षी टिमको प्रशिक्षण रणनीति र अध्ययनको विकास गर्दै खेल कसरी जित्ने भन्नेमा बढी ध्यान केन्द्रित हुने उनी बताउँछन् ।

पेड्रोले भनेअनुसार म्यानेजर टोलीको विकासमा बढी केन्द्रित हुने तथा अभ्यासमा ध्यान दिनुका साथै खेलाडी खोज्ने तथा खेलाडीहरूसँग छलफल गर्नु हो । उनका अनुसार म्यानेजरको भूमिका कोच भन्दा फराकिलो हुन्छ ।

उनीहरुको कामबीचको भिन्नता निकै महत्वपूर्ण छ । उदाहरणका लागि यूरोपभित्रै म्यानेजर र हेड कोचको भूमिका दिन प्रतिदिन फरक हुँदै गएको छ । जस्तै स्पेनिस फुटबल क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले 'ट्रान्फर पोलिसी' अर्थात खेलाडी भित्र्याउने तथा बेच्ने कामको जिम्मेवारी लिएका छन् । जसका कारण कोचको केही जिम्मेवारी कम हुन्छ र उनले रणनीतिमा ध्यान दिन सक्छन् ।

अर्कोतर्फ, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व म्यानेजर सर एलेक्स फर्गुसनले क्लबको सम्पूर्ण जिम्मेवारी लिएका थिए । उनले क्लब व्यवस्थापनदेखि मैदानमा अपनाउने रणनीति सबै आफैले हेर्ने गरेका थिए ।

अनुभव बटुल्दै तथा उमेर बढ्दै जाँदा कोच स्वाभाविक रूपमा म्यानेजरको भूमिकामा देखिन खोज्छन् तथा क्लबको सम्पूर्ण जिम्मेवारी लिनेतर्फ बढी ध्यान दिन्छन् ।

पेड्रोका अनुसार हेड कोचजस्तै सबै कोचले अभ्यास गराएरै सुरुवात गरेपनि अन्त्यमा म्यानेजर बन्छन् । जस्तै जोश मोउरिन्हो, उनी सुरुमा टिमको वार्म-अप तथा मुख्य विषयहरूमा बढी केन्द्रित थिए । तर आफूलाई विकास गर्दै मोउरिन्होले थप भूमिका निर्वाह गर्न थालेको पेड्रोको भनाइ छ ।

कोच हुँदै म्यानेजर बनेपछि अभ्यासमा मात्र केन्द्रित भएको भूमिका पनि बढ्दै गएर ट्रान्फर र छलफल/वार्ता गर्ने सम्म पुग्छ ।

आधुनिक फुटबलमा म्यानेजरको भूमिका क्लबको आर्थिक अवस्थालाई ध्यान दिनेसम्म पुग्दै गएको छ । जर्मन क्लब रेड बुल लेइपजिग यस्तै खाले नेतृत्वको संरचनालाई अपनाएको देखिन्छ । लेइपजिगमा सफल म्यानेजर खेलकुद निर्देशक बनेको उदाहरण छ । सो कमदले जिम्मेवारीहरूको प्रत्यायोजन र नयाँ दृष्टिकोणको परिचयको लागि अवसर पमेत प्रदान गरेको छ । क्लब भित्रको यो नयाँ रणनीतिक दृष्टिकोणले मैदानमा निरन्तर सफलता समेत दिलाएको छ ।

जर्मन फुटबल विश्लेषक जास्मिन बाबाका अनुसार रेड बुलको संरचनाले फुटबलको रणनीतिमा ठूलै प्रभाव पारेको छ । रेड बुलमा छुट्टै तरिकाले फुटबल खेल हुने गरेको तथा अन्य कैँयौँ प्रशिक्षकहरुले रेड बुलको अवधारणा र दर्शन अपनाउन खोजेको जास्मिन बताउँछिन् ।

जास्मिनका अनुसार 'रेड बुल' को अवधारणा अहिले निकै सक्रिय तथा दवावपूर्ण फुटबलको लागि परिचित छ । 'उनीहरु धेरै छिटो ट्रान्जिसनहरू प्रयोग गर्छन् । उनीहरू डिफेन्सबाट अट्याक, अट्याकबाट डिफेन्समा जान्छन् । यो धेरै रमाइलो छ,' जस्मिन थप्छिन् ।

फुटबल नेतृत्वको भविष्य यस्तै सहयोगी र अनुकूलपूर्ण व्यवस्थापन शैलीको पक्षमा देखिन्छ । एन्डी मङ्गन, पूर्व ब्रिस्टल रोभर्स अन्तरिम प्रबन्धक, का अनुसार यस प्रकारको रूपान्तरण आधुनिक फुटबल सँगसँगै जानेछ ।

एन्डीका अनुसार फुटबल परिवर्तन भइसकेको छ र यसमा स्पोर्ट्स साइन्स डिपार्टमेन्ट, न्यूट्रिसनिस्ट्स र एनालाइटिकल डिपार्टमेन्ट पनि थपिएको छ ।

व्यवसाय बाहेका फुटबलमा म्यानेजर, डिरेक्टर, स्पोर्टस साइन्स, ट्रेनर तथा एनालाइसिस पनि थपिदै गएको छ । फुटबलका नेतृत्वकर्ताले यी सबै परिवर्तनसँग घुलमिल हुँदै गएका छन् र यसले फुटबलको भविष्यलाई नै प्रभाव पार्नेछ ।

(यूरोन्यूजका लागि मोहम्मद इलासीले तयार पारेको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)

मेस्सीको मियामी प्रवेश, सिटीको 'ट्रेबल' तथा जोकोभिचले कीर्तिमान कायम गरेको वर्ष

सञ्जीव शाह | पुस १०, २०८०

काठमाडौँ- अन्य वर्ष झै सन् २०२३ पनि अन्तर्राष्ट्रिय खेलकुदका लागि विशेष रह्यो । कीर्तिमानहरू कायम भए भने स...

क्रिकेटः भारत र पाकिस्तानसँग ऐतिहासिक खेल, विश्व कीर्तिमान र विश्वकप छनोट

सञ्जीव शाह | पुस ९, २०८०

काठमाडौँ- समग्रमा हेर्दा सन् २०२३ नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि विशेष रह्यो । नेपालले पहिलो ...

यू-१९ एसिया कपः नेपालका लागि इतिहास दोहर्‍याउँदै विश्वकपको तयारी गर्ने अवसर

सञ्जीव शाह | मंसिर २०, २०८०

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा शुक्रबारबाट सुरु हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोग...

नेपाल २०२४ को टी- ट्वान्टी विश्वकपमा छनोट भए आश्चर्य नमान्‍नुस् !

सञ्जीव शाह | कात्तिक १५, २०८०

काठमाडौँ- सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिके...

प्रशिक्षक देशाई भन्छन्, ‘हाम्रा केही खेलाडीले यी ‘टप-लेभल’ क्रिकेटरलाई टिभीमा मात्र हेरेका छन्’

सञ्जीव शाह | भदौ ८, २०८०

काठमाडौँ- पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो अवसर म...

चिटिक्क परेको पोखरा रंगशालामा प्रतियोगिता हुनै छाडे, करोडौंको लगानी खेर जाँदै

धनबहादुर गुरुङ | असार २०, २०८०

पोखरा- पोखरा रंगशालाको निर्माण कार्य करिब ४ वर्षमा पूरा भयो । २०७५ पुस १३ मा निर्माण सम्झौता गरेर फागु...

घरेलु मैदानमा पाएको सफलतालाई जिम्बाब्वेमा निरन्तरता दिने लक्ष्यमा नेपाल

इकागज | जेठ ३०, २०८०

काठमाडौँ- सन् २०२३ को पहिलो छ महिनाभित्र विभिन्न सफलता हात पारेकाे नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी ...