समाज

जुम्लाका स्याउ कैलालीमा, किसानले मूल्य पाएनन्

इकागज | भदौ २६, २०८१
भजनी (कैलाली)- हिजोआज कालिकोटकी हंशिला बम यहाँ स्याउ बेच्न व्यस्त छिन् । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ बेच्छिन् । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छन् । घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ । “श्रीमान् गुमाए पछि अभाव र समाजभित्रको असहज परिस्थितिको...