प्रमुख समाचार

ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

इकागज | साउन १०, २०८१

काठमाडौँ  - पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला  अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएपछि विवाद बढेको हो ।

अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए । अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छोडेका थिए । तर खेल भने सकिएको थिएन । खेल करिब २ घण्टा अवरुद्ध रह्यो ।

दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो । तर बाँकी समयको खेल शुरु हुनु अघि अर्जेन्टिनाको गोललाई अफसाइड भन्दै भारले अस्वीकृत गरिदियो । तर बिना दर्शक बाँकी समय खेल खेलाइयो र मोरक्को यस खेलमा २-१ ले विजयी भएको घोषणा गरियो ।

खेलपछि अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेललाई सर्कस बनाइएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेसीले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिँदै 'अविश्वसनीय' भनेका छन् ।

अब अर्जेन्टिनाले समूह बी मा शनिबार इराकविरुद्ध खेल्ने तालिका छ भने मोरक्कोले सोहि दिन युक्रेनको सामना गर्दै छ ।​

बुधबारनै सम्पन्न अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले पराजित गर्यो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । यस्तै समूह बी मा इराकले युक्रेनलाई २–१ ले पराजित गरेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद्‍द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय

इकागज | साउन १०, २०८१

विराटनगर - कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८१, कोशी प्रदेश गुनासो व्यवस्...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

इकागज | साउन ९, २०८१

हेटौँडा - मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक...

कृष्णमान प्रधानका विषयमा थप छलफल गर्ने संसदीय सुनुवाई समितिको निर्णय

इकागज | साउन ९, २०८१

काठमाडौँ - संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका विषयमा थप छलफल गर्...

रुसी सेनामा रहेका ३४ नेपालीले ज्यान गुमाए, युक्रेनमा ६ जना बन्दी

इकागज | साउन ९, २०८१

काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि निरन्तर कूट...

ढलमा पोलियो भाइरस भेटिएपछि काठमाडौँमा आजदेखि पोलियो थोपा खुवाउने

इकागज | साउन ९, २०८१

काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने क...