प्रमुख समाचार

अधुरा योजना यथाशीघ्र सम्पन्‍न गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अधुरा र अलपत्र योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तत्पर रहेको बताएका छन् । वर्तमान सरकारले यस्ता योजनालाई प्राथमिकता दिने उनले उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनको सदुपयोग गर्दै राष्ट्रिय गौरव, रूपान्तरणकारी, प्राथमिकता प्राप्त र राष्ट्रिय महत्वका अन्य आयोजनामा बजेट अभाव नहुने व्यवस्था मिलाइने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, 'समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न २०७७ सालमा मेरो नेतृत्वमा गठित सरकारले कैयौँ राष्ट्रिय गौरवका आयोजना, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजना र पालिका केन्द्रित योजनाको सुरुआत गरेको थियो ।' हाल कार्यान्वयनमा गएका आयोजनाअन्तर्गतका ठेक्काको कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख गर्दै उनले ठेक्का व्यवस्थापनलाई चुस्त बनाइने र जिम्मेवार पक्षलाई जवाफदेही बनाइने सदनलाई जानकारी गराए ।

ऊर्जामन्त्री खड्काले भने- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिन्छन्

इकागज | साउन ७, २०८१

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोड...

शिक्षा र सञ्‍चारलाई प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

इकागज | साउन ७, २०८१

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्ने बताएकी...

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

इकागज | साउन ७, २०८१

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रह...

सञ्‍चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

इकागज | साउन ६, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच ...