प्रमुख समाचार

लोकतन्त्रको विकल्प समुन्‍नत लोकतन्त्र नै हो : गगन थापा

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् ।

महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउँदै लोकतन्त्र व्यवस्था ल्याएअनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् ।

उनले लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, 'आज लोकतन्त्र दिवस ! जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ! लोकतन्त्र व्यवस्था त ल्यायौँ तर त्यसअनुरूप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन । लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो । लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस् । यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् । लोकतन्त्र दिवसको हार्दिक शुभकामना !'

इलाम उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-कांग्रेस

इकागज | बैशाख ११, २०८१

काठमाडौँ - इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहर...

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैनः अर्थमन्त्री पुन

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अ...

आज सार्वजनिक बिदा

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- कतारका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएकाले सरकारले आज सार्वजन...

कतारी अमिरको भ्रमणमा युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुई ...

कस्तो छ आजको मौसम ?

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भु-भागमा ...

पाँच दिनसम्म तराईमा तातो हावासहित 'लु' लाग्‍ने, सचेत रहन मौसमविद्को सुझाव

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो  हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न&n...