प्रमुख समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आज पनि 'हेर्दाहेर्दै' मा

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।  यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको हो । 

आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । यो रिट आजसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ । 

तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास पाएन : बाबुराम भट्टराई

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरू ...

एमाले प्रतिनिधि परिषद् बैठक : अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताक...

इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको न्यारोबडी जहाज सोमबार काठमाडौँ ल्याइने

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदे...

अमेरिकाले पारित गर्‍यो युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज

इकागज | बैशाख ९, २०८१

काठमाडौँ - युक्रेनलाई सहयोग गर्न अमेरिकी प्रतिनिधि सभाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेको छ । यु...