अपराध

बालिका बेचविखन गर्ने महिला पक्राउ

इकागज | बैशाख १४, २०८१

काठमाडौँ - नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीया उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौँको संस्थाको होस्टलमा राखिदिन्छौ भनी काठमाडौँ ल्याएर बिक्री वितरण गरेको अनुसन्धानमा खुलेको बताए ।

पक्राउ परेकी विश्वकर्माले अढाई वर्षकी बालिकालाई गत चैत २९ गते पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखेर बालिकालाई झापाको काकरभिट्टासम्म पुर्‍याएर भारतको सिलगुढी माईती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई रु २० हजार दिएको अनुसन्धानमा खुलेको छ । प्रहरीले पीडित बालिकालाई बैशाख १० गते उद्दार गरि सुरक्षित आवास गृहमा राखेको छ ।  प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले बताए । रासस

रोजगारी दिलाउने बहानामा नग्‍न भिडियो मगाएर ब्ल्याकमेल गर्ने एकजना पक्राउ

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । भारतीय महिला ...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

इकागज | बैशाख ६, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधब...

शिक्षित युवादेखि अवकाश प्राप्त कर्मचारी अनलाइन ठगीको फन्दामा पर्दै

अतिन आचार्य | बैशाख ६, २०८१

काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै अपराध र ठगीजन्य कार्य पनि बढ्दै गएको छ । सामा...

मोटरसाइकलमा लिफ्ट माग्‍ने, फोन गर्ने बहानामा मोबाइल चोरी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ

इकागज | बैशाख ६, २०८१

काठमाडौँ- मोटरसाइकलमा लिफ्ट मागी  मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप...