फुटबल

मेमफिस गुमाएको नेदरल्यान्ड्स र माने गुमाएको सेनेगलबीच भिडन्त

इकागज |
मंसिर ५, २०७९ सोमबार १३:५८ बजे

काठमाडौँ- कतारमा आइतबारबाट सुरु भएको फिफा विश्वकप फुटबल अन्तर्गत आज राति सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीचको खेल अल थुमामा स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ ।

तर विश्वकप अघि नेदरल्यान्ड्सले फरवार्ड मेमफिस डिपेलाई गुमाएको छ । ह्यामस्ट्रिमको समस्याबाट गुज्रिरहेका कारण मेमफिस सेनेगलविरुद्ध मैदानमा नउत्रिने सुनिश्चित भइसकेको छ ।


नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले मेमफिसलाई गुमाउनु भनेको टिमका लागि ठूलो घाटा भएको बताएका छन् ।

यता सेनेगलका प्रशिक्षक अलिउ सिसेले पनि टिममा मानेको अभाव खडकिने बताएका छन् । तर उनले टिमका युवा खेलाडीहरुलाई मानेको अनुपस्थितिलाई विर्साउने प्रदर्शन गर्न भनेका छन् ।

यसअघि आइतबार भएको उदघाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० ले पराजित गरेको थियो ।


Author

थप समाचार
x