क्रिकेट

टी-ट्वान्टी विश्वकपका लागि पीएनजीको टिम घोषणा

इकागज |
बैशाख २६, २०८१ बुधबार १७:५० बजे

काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा आगामी जुनमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि पपुवा न्यूगिनी (पीएनजी) ले टिमको घोषणा गरेको छ ।

पीएनजीले असाद भालाको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म आयोजना हुने तालिका रहेको छ ।


विश्वकपका लागि पीएनजी समूह 'सी' मा रहेको छ । यस समूहमा न्यूजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा पनि रहेका छन् ।

पीएनजीले आफ्नो पहिलो खेल जुन २ मा वेस्ट इन्डिज, दोस्रो खेल युगान्डाविरुद्ध जुन ५, तेस्रो खेल जुन १३ मा अफगानिस्तान र चौथो खेल न्यूजिल्यान्डविरुद्ध जुन १७ मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x