क्रिकेट

कस्तो छ टी-ट्वान्टी विश्वकपअघि नेपाली क्रिकेट टिमको कार्यतालिका ?

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १६:४३ बजे

काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पुगिसकेको छ ।

जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।


समूह चरणअन्तर्गत नेपालले पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध जुन ४, दोस्रो खेल श्रीलंकाविरुद्ध जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन १४ तथा चौथो खेल बंगलादेशविरुद्ध जुन १६ मा खेल्ने तालिका रहेको छ ।

विश्वकपको आधिकारिक खेलअघि नेपालले भने ४ वटा अभ्यास खेल पनि खेल्ने तालिका रहेको छ । नेपालले मे १४,१६ र १८ तारिखमा सेन्ट भिन्सेन्ट र विनवार्ड आइल्यान्ड्सको संयुक्त टोलीसँग तीन अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

नेपालले मे २२ मा हाउस्टन हुरिकेन्सविरुद्ध पनि एक अभ्यास खेल खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x