दल

गृहमन्त्री लामिछानेले सदनमा बोलेका सबै विषयमा छानबिन हुनुपर्छ : महामन्त्री थापा

इकागज |
जेठ ६, २०८१ आइतबार २०:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा बोलेका सबै विषयमा छानबिन हुनु पर्ने बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतबार बेलुकी पत्रकार सम्मेलन गर्दै थापाले यस्तो बताएका हुन् ।


थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा केटाकेटीपन देखाएको जिकिर गरे । लामिछानेले हिजो टेलिभिजन प्रस्तोता हुँदाको जस्तै बोलेर संसद्, पत्रकार र नेपाली जनतालाई बहकाउने काम गरेको बताए ।

थापाले आफू प्रसूति गृहमा जन्मिएको बताउँदै त्यहीँदेखि अनुसन्धान गरे हुने जिकिर गरे । उनले आफूले विदेशीलाई सूचना बेचेको भनेर लगाइएको आरोपलाई केटाकेटीपनको संज्ञा दिए ।

सदनमा गृहमन्त्री लामिछाने बोलेपछि सभामुखले बैठक स्थगित गरेपछि थापाले पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका हुन् ।


Author

थप समाचार
x