कोशी

कोशीमा हिक्मतलाई मुख्यमन्त्री बनाउन दाबी पेश हुँदै, सर्वोच्चमा रिट दायर गर्न केदार काठमाडौँमा

इकागज |
बैशाख २७, २०८१ बिहीबार ११:१५ बजे

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेश गर्ने तयारी गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गर्ने तयारी भएको हो ।


आजै दाबी पेश गरेर नियुक्तिदेखि शपथसम्मको तयारी एमाले र माओवादी केन्द्रले गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेश गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् । 

मुख्यमन्त्री कार्कीले आफु संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धाराअनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।


Author

थप समाचार
x