समाज

देवकोटालाई ‘हिमालयन पत्रकारिता सम्मान’

इकागज |
बैशाख २७, २०८१ बिहीबार १०:४२ बजे

काठमाडौँ- पत्रकार विनोद देवकोटा ‘हिमालयन पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् ।

देवकोटालाई हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत ‘हिमालयन पत्रकारिता सम्मान’ प्रदान गरिएको हो । उनलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती र पत्रकार तथा लेखक प्रा. पुरुषोत्तम दाहालले सम्मान प्रदान गरेका हुन् ।  


यसैगरी कार्यक्रममा पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो । पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको हो ।

वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा भएको अवार्डको चौथों संस्करणमा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । रक्षामन्त्री उप्रेतीले राणालाई अवार्ड प्रदान गरे । 

यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत/संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।


Author

थप समाचार
x