घटना-दुर्घटना

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

इकागज |
जेठ ४, २०८१ शुक्रबार २१:२८:५५ बजे

गोरखा- गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय मेष तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । रासस



Author

थप समाचार
x