अर्थ / बाणिज्य

सुन तोलाको १ लाख ४१ हजार ८०० पुग्यो

इकागज |
जेठ ७, २०८१ सोमबार ११:१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ९०० ले बढेको हो । आज छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० मा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख ४१ हजार १०० मा कारोबार भएको छ । 


आइतबार छापावाल सुन तोलाको १ लाख ४० हजार ९०० र तेजाबी सुन तोलाको १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

यता, चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ९४० मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Author

थप समाचार
x