घटना-दुर्घटना

तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १० जना घाइते

इकागज |
जेठ ४, २०८१ शुक्रबार १९:५९ बजे

घोराही- दाङमा भएको बस दुर्घटनामा परी १० जना यात्रु घाइते भएका छन् ।

शुक्रबार घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।


घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन ।


Author

थप समाचार
x