समाज

नि:शुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुनेहरूको सूची प्रकाशित

इकागज |
जेठ ४, २०८१ शुक्रबार २१:५७ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुनेहरूको सूची प्रकाशित गरेको छ । महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षामा १७७ जनाको नाम छनौट गरेर सूची प्रकाशित गरेको हो । 

उक्त कक्षाको ओरिन्टेसन यहीँ जेठको ६ गते बिहान ८ बजेका लागि राखिएको महानगरको सामाजिक विकास विभागका विभागीय प्रमुख विमला कोइरालाले जानकारी दिएकी छिन् । तयारी कक्षामा काठमाडौँ महानगरवासी मात्र सहभागी भएका छन् ।


महानगरको सामाजिक विकास विभागको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । 

गत वैशाख २२ गते सूचना प्रकाशन गरी महानगरले पालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको थियो । महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुनका लागि आवेदन आह्वान गरेको थियो ।
 

सूची:


Author

थप समाचार
x