फुटबल

'विजय भनेको दिमागको अवस्था हो': रोनाल्डो र मेस्सी संयुक्त प्रवर्द्धनका लागि भए एकजुट

इकागज |
मंसिर ४, २०७९ आइतबार १०:२५ बजे

काठमाडौँ- कतारमा फिफा विश्वकप फुटबल सुरु हुनै लाग्दा फेसन ब्रान्ड लुइस भुटोनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई आफ्नो पहिलो संयुक्त प्रवर्धनका लागि एक ठाउँमा ल्याएको छ । 

दुबै खेलाडीहरू फेसन ब्रान्डको लागि नयाँ विज्ञापन अभियानमा संलग्न भएका छन् र चेस बोर्डमा एक अर्काको विपरीत बसेर फोटो खिचाएका छन् ।


रोनाल्ड र मेस्सी दुबैले आफ्नो इन्स्टाग्राममा सशुल्क साझेदारीको घोषणा गरे तथा क्याप्सनमा: 'विजय भनेको दिमागको अवस्था हो,' भनेर लेखेका छन् ।

कतारमा हुने विश्वकप रोनाल्डो र मेस्सी दुबैका लागि पाँचौ विश्वकप हो । रोनाल्डो सम्मिलित पोर्चुगलले पहिलो खेल नोभेम्बर २४ मा घानाविरुद्ध खेल्नेछ । त्यसैगरी, दोस्रो खेल उरुग्वेविरुद्ध नोभेम्बर २८ तथा अन्तिम खेल दक्षिण कोरियाविरुद्ध डिसेम्बर २ मा खेल्नेछ । 

यता मेस्सी सम्मिलित अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियाविरुद्ध नोभेम्बर २२, दोस्रो खेल मेक्सिकोविरुद्ध नोभेम्बर २६ तथा अन्तिम खेल पोल्यान्डविरुद्ध नोभेम्बर ३० मा खेल्ने तालिका छ । 
 


Author

थप समाचार
x