फुटबल

फ्रेन्च स्ट्राइकर बेन्जेमाले विश्वकप गुमाउने

इकागज |
मंसिर ४, २०७९ आइतबार १०:९ बजे

काठमाडौँ- फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले कतारमा आजबाट सुरु हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएपछि बेन्जेमाले विश्वकप गुमाउने बीबीसीले जनाएको छ ।

सन् २०२२ को बालोन डी’ओर विजेता बेन्जेमा खुट्टामा समस्या देखिएको छ । फ्रान्सको राष्ट्रिय टिमले बेन्जेमाले विश्वकप गुमाउने सुनिश्चित गरेको छ ।


उनको चोट निको हुन कम्तिमा पनि ३ हप्ता लाग्ने बताइएको छ ।

समूह ‘डी’ मा रहेको फ्रान्सले पहिलो खेल अस्ट्रेलियाविरुद्ध नोभेम्बर २२, दोस्रो खेल डेनमार्कविरुद्ध नोभेम्बर २६ तथा ट्यूनिसियाविरुद्ध नोभेम्बर ३० मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x