फुटबल

फिफा विश्वकपः के इरानले इंग्ल्यान्डलाई स्तब्ध तुल्याउला ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १०:० बजे

काठमाडौँ- कतारमा आइतबारबाट सुरु भएको फिफा विश्वकप फुटबल अन्तर्गत समूह बी’ अन्तर्गतको एक महत्वपूर्ण खेलमा इंग्ल्यान्ड र इरानबीच भिडन्त हुँदैछ ।

इंग्ल्यान्ड र इरानबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार राति ६:४५ बजेबाट सुरु हुनेछ । इंग्ल्यान्ड र इरान पहिलो पटक एकअर्काविरुद्ध खेल्दैछन् ।


यस समूहबाट इंग्ल्यान्डलाई स्तब्ध पार्ने लक्ष्य लिएको इरान पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्न चाहन्छ । इरानको बलियो पक्ष भनेको डिफेन्स हो र यसकै भरमा इंग्ल्यान्डलाई पराजित गर्ने उदेश्य बोकेको छ ।

इरानका स्ट्राइकर मेहदी तरेमीले इरानको लक्ष्य भएको तीनवटै खेलमा जित हात पार्ने रहेको बताए ।

अर्कोतर्फ इंग्ल्यान्ड यस समूहको सबै भन्दा बलियो टिमको रुपमा लिइएको छ । सन् २०१८ को विश्वकपको सेमिफाइनल तथा २०२० को युरो कपको फाइनलसम्मको यात्रा तय गरेको इंग्ल्यान्डले भने पछिल्ला ६ खेलमा जित हात पार्न सकेको छैन ।

इंग्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटले विश्वकपमा आफ्नो टिमको क्षमता मापन गर्ने बताए ।

यता इंग्ल्यान्डका डिफेन्डर कायल वाकर तथा मिडफिल्डर काल्भिन फिलिप्सले इरानविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।

त्यसैगरी, इरानका स्ट्राइकर सरदार अजमोनले अक्टोबारदेखि नै मैदानमा उत्रिएका छैनन् ।


Author

थप समाचार
x