विश्वकप २०२२

‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌विश्‍वकप फुटबल : अस्ट्रेलियामाथि फ्रान्सको सानदार जित

इकागज | मंसिर ७, २०७९

काठमाडौँ - विश्वकप फुटबलअन्तर्गत अस्ट्रेलियामाथि फ्रान्सले सानदार जित हात पारेको छ । केही बेरअघि सम्पन्न खेलमा फ्रान्सले अस्ट्रेलियामाथि ४-१को जित हात पारेको हो । 

अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा सुरुवाती गोल गरेका थिए । तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए ।

३२ मिनेटमा ‌ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । ​एमबाप्पेले ६८औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

७१ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए ।

अर्जेन्टिनालाई हराएको उपलक्ष्यमा साउदी अरेबियामा भोलि सार्वजनिक बिदा

इकागज | मंसिर ६, २०७९

रियाद – कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरेबिया सरकारले बुध...

विश्वकपमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दा सन् १९९२ को सम्झना

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीच आज खेल हुँदैछ । समूह ...