विश्वकप २०२२

विश्वकप १९७० : कार्ड, राजनीतिक अस्थिरता र स्थान सुरक्षित

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- सन् १९७० को फिफा विश्वकप मेक्सिकोमा आयोजना भयो । जुन उत्तर अमेरिकाका लागि पहिलो अवसर थियो । मेक्सिकोमा भएको विश्वकपमा पहिलो पटक ६ वटै महादेशका टिमको सहभागिता समेत भएको थियो । 

फिफाले अफ्रिका र एसिया महादेशका लागि स्थान सुरक्षित गर्दा इएल साल्भाडोर, इजरायल र मोरक्को विश्वकपका लागि पहिलो पटक छनोट भए । राजनीतिक अस्थिरता रोक्न मोरक्को र इजरायलाई छुट्टाछुट्टै समूहमा विभाजन गरिएको थियो ।

पहेँलो र रातो कार्डको नियम भित्र्याइयो भने टिमले पहिलो पटक खेलाडी परिवर्तन गर्न पाउने नियम पनि आयो । तर दुई खेलाडीमात्र परिवर्तन गर्ने नियम रहेको थियो । 

त्यसैगरी, एडिडासले बनाएको टेलस्टार नामक बल पहिलो पटक विश्वकपका लागि आधिकारीक बल बन्यो । विश्वकप मेक्सिकोको विभिन्न पाँच सहरमा आयोजन भएको थियो भने १ लाख दर्शक क्षमताको मेक्सिको सिटीको अजेका स्टेडियममा फाइनल भयो । 

सन् १९७० को विश्वकप जित्दा ब्राजिलले खेलेको ६ खेलमै अपराजित रह्यो भने उसले १९ गोल समेत गर्‍यो । उक्त विश्वकप ब्राजिलियन स्टार पेलेका लागि अन्तिम विश्वकप थियो । फाइनलमा इटालीलाई ४-१ ले पराजित गर्दा पेलेले पहिलो गोल गरेका थिए ।

तीन पटक विश्वकप जितेपछि ब्राजिलले जुलेस रिमेट ट्रफी आफैसँग राख्न पायो । सन् १९७४ का लागि नयाँ ट्रफी सार्वजनिक गरियो । 

अर्कोतर्फ सन् १९७० को विश्वकप पहिलो पटक रंगिन दृष्यमा प्रशारण भएको थियो । त्यसैगरी, प्रत्येक खेलमा कम्तिमा ५० हजार दर्शक रहेका थिए । 

तर युरोपको ‘प्राइम टाइम’मा विश्वकपका खेल प्रशारण गर्ने उदेश्यले गर्मी मौसममा पनि दिउँसोतिर खेल खेलाइएको थियो । (अलजजिरा) 
 

विश्वकपमा टीम ब्राजिल : फिर्मिन्हो मैदान बाहिर, को-को अटाए ? (सूचीसहित)

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- स्टार अट्याकर रोबर्टो फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल...