फुटबल

फिफा विश्वकपः आयोजक कतार र इक्वेडर भिड्दै

इकागज |
मंसिर ४, २०७९ आइतबार १५:१३ बजे

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२२ आजबाट कतारमा सुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आयोजक कतार र इक्वेडरबीच खेल हुँदैछ ।

समूह ‘ए’ अन्तर्गत रहेको कतार र इक्वेडरबीचको खेल कतारको राजधानी दोहास्थित ६० हजार दर्शक क्षमताको अल बायट स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ ।


विश्वकप सोमबारबाट सुरु हुने तालिका रहेपनि आयोजक देशले पहिलो खेल खेल्नुपर्ने भएका कारण पहिलो खेल आइतबारका लागि सारिएको हो ।

आयोजकको नाताले पहिलो पटक विश्वकप खेल्न लागेको कतार फिफा वरीयतामा ११३ औँ स्थानबाट ५० औँ स्थानसम्म पुगेको छ । यसले सन् २०१९ मा पहिलो पटक एसियन कपको उपाधि समेत जित्यो ।

स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेनको प्रशिक्षणमा रहेको कतार समूह चरण पार गर्ने लक्ष्य बोकेको छ । कतारसँगै यस समूहमा नेदरल्यान्ड्स र सेनेगल पनि रहेका छन् ।

घरेलु मैदानमा खेलेपनि इक्वेडरविरुद्ध जित हात पार्न कतारलाई भने सहज हुनेछैन । फिफा वरीयतामा ४४ औँ स्थानमा रहेको इक्वेडरले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिल, अर्जेन्टिना र उरुग्वेपछि चौथों स्थानमा रहेर छनोट भएको थियो । इक्वेडरले ब्राजिल र अर्जेन्टिनासँग बराबरीको नतिजा निकालेको थियो ।


Author

थप समाचार
x