अर्थ / बाणिज्य

मिटर ट्याक्सी व्यवसायी समाजले भन्यो - मिटरमा सेवा दिउँ, अनलाइन एपहरूविरुद्ध कारवाही गर्न लागौँ

इकागज |
बैशाख २७, २०८१ बिहीबार २०:२६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मिटरमा यात्रुलाई सेवा दिन आग्रह गरेको छ । महासचिव  दिलिप कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ट्याकसी व्यवसायीलाई मिटरमा सेवा दिन आग्रह गरेका हुन् । 

उनले  निजी दुई पाङ्रे र चार पाङ्रे सवारीसाधनले आमनागरिकसँग पैसा लिई यात्रीको सेवा गरेको भन्ने कार्यको नियम अनुसार कारबाही गर्न रगराउन पहल गर्न पनि  आग्रह गरेका छन् । उनले विभिन्न अनलाइनमा दर्ता भएर दुई पाङ्रे र चार पाङ्रेले यात्रुलाई सेवा दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 


समाजले अनलाईन एपहरुले आफैं भाडा तोकी यात्रुहरुबाट लिनु कानुनसम्मत नभएको भन्दै प्रश्न गरेको छ । 'हामीले यस्ता गैरकानुनी कार्यहरुलाई आजैबाट बहिष्कार गर्नुपर्छ । जबसम्म नेपाल सरकार मात्रै होइन यातायात मन्त्रालय, यातायात कार्यालय, यातायात व्यवस्था विभागले त्यो एपलाई चिन्दैन भाडा तोक्दैन, तबसम्म यो एपहरु चलाउनु गैरकानुनी हो', विज्ञप्तिमा भनिएको छ । 

च्याउसरी आएका मोबाइल एपहरुले प्रविधिको नाममा उसले आफै भाडा तोकी यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को १ मा निजी सवारीको व्याख्या गरिएको छ भने उपदफा २ मा निजी सवारीसाधनले भाडामा काम गर्न नपाउने प्रष्ट लेखिएपनि यस्ता गतिविधि भइरहेकाले यसमा सबैको ध्यानाकर्षण हुनुपर्ने समाजको विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x