फुटबल

कतार विश्वकपबाट फिफाले कमायो ९ खर्ब ८५ अर्ब

इकागज |
मंसिर ५, २०७९ सोमबार ११:५० बजे

काठमाडौँ- फिफाले कतारमा जारी फिफा विश्वकप फुटबलबाट ७.५ बिलियन अमेरिकी डलर अर्थात् ९ खर्ब, ८५ अर्ब तथा २५ करोडभन्दा बढी नेपाली रुपैयाँ आम्दानी गरेको छ ।सन् २०२२ को विश्वकपलाई लिएर गरिएको चार वर्षे व्यावसायिक सम्झौताबाट फिफाले उक्त रकम आम्दानी गरेको फिफालाई उदृत गर्दै अलजजिराले लेखेको छ ।

सन् २०१८ मा रुसमा भएको विश्वकपभन्दा फिफाले कतार विश्वकपबाट १ खर्ब तथा ३१ अर्बभन्दा बढी आम्दानी गरेको हो । फिफाले कतार इनर्जी, कतारी बैँक तथा टेलिकम कम्पनी उरेडूसँगको सम्झौताबाट ठूलो आम्दानी गरेको जनाइएको छ ।



Author

थप समाचार
x