फुटबल

फिफा विश्वकपः आज तीन खेल हुँदै

इकागज |
मंसिर ५, २०७९ सोमबार ९:२० बजे

काठमाडौँ- कतारमा आइतबारबाट सुरु भएको फिफा विश्वकप फुटबलअन्तर्गत सोमबार राति ३ खेल हुने भएको छ । ‘समूह बी’ अन्तर्गतको दुई तथा समूह ‘ए’ अन्तर्गत एक खेल हुने भएको छ ।

‘समूह बी’ अन्तर्गत खलिफा इन्टरनेसनल स्टेडियममा इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार राति ६:४५ बजेबाट सुरु हुनेछ । यसै समूहमा रहेका अमेरिका र वेल्सबीचको खेल राति पौने १ बजेबाट सुरु हुनेछ ।


यता समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीचको खेल भने राति ९:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि आइतबार भएको उदघाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० ले पराजित गरेको थियो ।


Author

थप समाचार
x