फुटबल

जर्मन फुटबल क्लब लेभरकुसेन ४८ औँ खेलमा पनि अपराजित

इकागज |
बैशाख २४, २०८१ सोमबार १०:२३ बजे

काठमाडौँ- जर्मन फुटबल क्लब बायर लेभरकुसेन लगातार ४८ औँ खेलसम्म अपराजित रहन सफल भएको छ ।

जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको लेभरकुसेनले प्रतियोगिताअन्तर्गत नै आइतबार राति एन्ट्राच फ्र्याङ्कफर्टलाई ५-१ गोल अन्तरले पराजित गर्दै लगातार ४८ औँ खेलमा अपराजित रहेको हो ।


लेभरकुसेनले सबै प्रतियोगितामा गरी लगातार ४८ खेलसम्म पराजय भोगेको छैन ।

आइतबार रातिको खेलमा लेभरकुसेनलाई पराजित गर्न ग्रानाइट झाका, प्याट्रिक स्चिक, एक्सेक्वेल पालासियस, जेरेमाइ फ्रिपोङ र भिक्टर बोनाफेसले एक-एक गोल गरे ।

फ्र्याङ्कफर्टका लागि ह्युगो एकिटिकेले एक गोल फर्काए ।


Author

थप समाचार
x