फुटबल

अपराजित रहँदै बुन्डेसलिगाको उपाधि जित्ने पहिलो टिम बन्यो लेभरकुसेन

इकागज |
जेठ ६, २०८१ आइतबार ११:४७ बजे

काठमाडौँ- अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने बायर लेभरकुसेन पहिलो टिम बनेको छ ।

यस सिजनको बुन्डेसलिगाअन्तर्गत लेभरकुसेनले खेलेका ३४ मध्ये २८ खेलमा जित हात पार्दा ६ खेलमा बराबरीको नतिजा निकाल्दै उपाधि जितेको हो । यससँगै अपराजित रहेर बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान लेभरकुसेनले कायम गरेको हो ।  


बुन्डेसलिगाको अन्तिम खेलमा लेभरकुसेनले शनिबार राति अग्सबर्गलाई २-१ गोलअन्तरले पराजित गर्‍यो । लेभरकुसेनको जितमा भिक्टर बोनिफेस र रोबर्ट एन्डरिचले एक-एक गोल गरे । अग्सबर्गका लागि मेर्ट कोमुरले एक गोल फर्काए ।

जारी सिजनमा लेभरकुसेनले सबै प्रतियोगितामा गरी ५१ खेलमा अपराजित रहेको छ ।


Author

थप समाचार
x