फुटबल

नेपाल र इंग्ल्यान्ड 'सी' बीचको मैत्रीपूर्ण फुटबल खेल आज

इकागज |
बैशाख २४, २०८१ सोमबार १०:४६ बजे

काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्ड 'सी' बीचको मैत्रीपूर्ण फुटबल खेल आज राति हुँदैछ ।

नेपाल र इंग्ल्यान्ड 'सी' बीचको खेल अल्डरसट टाउन एफसीको स्टेडियम इबीबीमा नेपाली समयअनुसार राति ८:४९ बजेबाट सुरु हुने तालिका रहेको छ ।


नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।


Author

थप समाचार
x