फुटबल

इरानविरुद्ध इंग्ल्यान्डको शानदार जित

इकागज |
मंसिर ५, २०७९ सोमबार २१:१४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत इंग्ल्यान्डले इरानमाथि शानदार जित हात पारेको छ ।

समूह बी’ अन्तर्गत खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले इरानलाई इरानलाई ६-२ गोलअन्तरले पराजित गर्‍यो ।


इंग्ल्यान्डलाई जित दिलाउन बुकायो साकाले २ तथा जुडे बेलिङघम, रहिम स्टरिलङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक-एक गोल गरे । 

इरानका लागि दुवै गोल मेहदी तरेमीले गरे । तरेमीले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।


Author

थप समाचार
x